30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

पर्वतमा १२ बर्षिया बालिका बलात्कृत, आरोपी फरार

पर्वत, आश्विन १५, २०७५ ।

पर्वतको मोदीगाउँपालिका १ भूक देउरालीमा १२ बर्षिया बालिका बलात्कृत भएकी छन ।

भूक देउराली बस्ने २२ बर्षिय सविन छन्त्यालले असोज १३ गते –शनिबार) राती १२ बजे बलात्कार गरि फरार भएका हुन ।

घरमा सुतेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनेर पिडीतका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन ।

बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन ।

बैदेशिक रोजगारीका लागि बिदेश उड्ने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरि खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

असोज महिना लागेपछि पर्वतमा ३ जना बालिका बलात्कृत भएका छन ।

जलजला गाउँपालिकामा १० बर्षिय बालकबाट ७ बर्षिय बालिका बलात्कृत भएकी थिइन भने कुस्मा नगरपालिका २ मा पनि २० बर्षिय बिनोद नेपालीले १३ बर्षिया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles