29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

शैक्षिक गुणस्तरका लागि करार सम्झौता

खोटाङ , आश्विन १४, २०७५ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न कार्य सम्पादन करार सम्झौता गरिएको छ ।

सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि नगरभित्रका १८ मध्ये १७ मावि र नगरपालिकावीच कार्य सम्पादन करार सम्झौता गरिएको हो ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगर स्तरीय मावि तहका प्रधानाध्यापकको दुई दिने अन्तरक्रियात्मक छलफल तथा प्रतिवद्धता कार्यक्रम पश्चात कार्य सम्पादन करार सम्झौता गरिएको वताईएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको रोहवरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा पाण्डे केसी र शिक्षा शाखा प्रमुख पञ्चकुमार राईवीचमा १४ बुँदे कार्य सम्पादन करार सम्झौता गरेपछि शिक्षा शाखा प्रमुख पञ्चकुमार राई र माविका प्रअबीचमा कार्य सम्पादन करार सम्झौता गरिएको हो ।

विद्यालय विकास प्रस्ताव तयार गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यन्वयन गर्ने, आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मको तहमा अंग्रेजी माध्यमबाट पठन–पाठन गर्ने लगायतका २५ बुँदे करार सम्झौता भएको मेयर रिजालले बताउनुभयो ।

सम्झौतामा प्रत्येक शैक्षिक सत्रको बैशाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समुहका सम्पूर्ण विद्यार्थीलाई भर्ना गराउने तथा १६ गतेदेखि अनिवार्य पठनपाठन सुरु गर्ने उल्लेख गरिएको छ ।

पाठ्यक्रम र शिक्षक निर्देशिकालाई सवै शिक्षकले अनिवार्य रुपमा प्रयोग गर्ने÷गराउने, प्रत्येक विषयका शिक्षकले पाठ्यवस्तु अनुसारका सामाग्री प्रयोग गरेर मात्रै शिक्षण गराउनुपर्ने लगायतका २५ वुँदे सर्तहरु करार सम्झौतामा रहेका छन् ।

नगरपालिकाभित्रका सवै माध्यमिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि सवै पक्ष प्रतिवद्द रहेको जनाईएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles