37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

सुन सफा गर्ने बहानामा नेपाली ठग्ने २ भारतीय पक्राउ

भद्रपुर, आश्विन १४, २०७५  ।

भारतबाट नेपाल प्रवेश गरी भारतीय नागरिकले नेपालीहरुलाई विभिन्न बहानामा ठग्न तथा लुटन थालेका छन् ।

विषेश गरी झापाका सीमावर्ती बजार क्षेत्रमा यस्तो गतिविधि शुरु भएको हो ।

अन्य समयमाभन्दा चाडपर्व नजिकिदै गएपछि यस्तो गतिविधि हुने गरेको छ ।

मेचीनगरमा सुन सफा गर्न बहानामा नेपाली महिलालाई ठग्ने दुई भारतीय नागरिकलाई प्रहरीले समातेपछि घटना सार्वजानिक भएको हो ।

भारत बिहार राज्य भागलपुर –१३ का ४५ बर्षीय हरी शाह र सोही स्थानका ३६ बर्षीय केदार शाह लाइ पक्राउ गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर ७ स्थित इटाभट्टाका४२ बर्षीय भुमिका घिमिरेको सुनको गरगहना सफा गर्ने वहानामा सुन ठगी गरेको पीडितले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय काकँडभिट्टाकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरु घिमिरेको घरमै पुगेर यस्तो कार्य गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसंन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटनापछि सीमावर्ती क्षेत्रमा प्रहरीले सचेत रहन सबैमा आग्रह गरेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles