42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

मेसिन अभावले डायलासिस सेवा प्रभावित

बागलुङ , आश्विन ११, २०७५ ।

धौलागिरि अञ्चल अस्पताल बागलुङमा रहेको डायलासिस सेवा लिने विरामीहरुको चाप बढेपनि सुविधा दिन अस्पतालाई समस्या हुने गरेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा भन्दा बाहिर बागलुङ जिल्लामा मात्रै रहेको डायलासिस सेवा लिन चाहानेहरुको संख्या ३५ जना भन्दा बढी छ ।

धौलागिरी अञ्चल अस्पताल बागलुङमा गगन थापा स्वास्थ्यमन्त्री हुँदा २०७३ सालमा दुई वटा डायलासिस मेसिन स्वास्थ्य मन्त्रालयले पठाएको थियो ।

मेसिन प्रयोगमा ल्याउँन दक्ष जनशक्तिको अभाव भएको कारणले १ वर्ष सम्म स्टोरमा थन्किएको मेसिन सञ्चालनमा आएको ७ महिना वित्यो ।

तिन महिना तालिम लिएर हाल ४ जना कर्मचारीले डायलासिस मेसिन चलाएको भएपनि मेसिनमा सामान्य समस्या आयो भने सेवा प्रवाह ठप्प हुने गरेको छ ।

मेसिनमा समस्या आउँदा तत्काल समधान गर्न सक्ने प्राविधक नहुँदा नियमित सेवा दिन नसकेको डाक्टर सुष्मा आचार्यले बताउँनुहुन्छ ।

आचार्यका अनुसार उपचार गर्दा गर्दै मेसिनमा समस्या आयो भने विरामीलाइ पोखरा पठाउँनुपर्ने बाध्यता रहेको छ ।

डायलासिस मेसिन सञ्चालनको लागि कम्तिमा ६ जना कर्मचारीको आवश्यकता पर्ने भएपनि ४ जनाले काम चलाउँनुपर्ने अस्पतालको बाध्यता रहेका छ ।

धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डन डाक्टर सागार राजभण्डारीका अनुसार डायलासिस सेवा प्रद्धान गर्नको लागि स्पेसल तालिम लिनुपर्ने हुन्छ ।

सरकारी दरबन्दिका कर्मचारीहरुलाई लामो समय सम्म बाहिर तालिमको लागि पठाउँदा लाग्ने भत्ता र अन्य खर्च व्यहोर्ने अस्पतालको अवस्था छैन ।

‘हामिले हरेक दिन दुईजना विरामीलाई सेवा दिएका छौं, मडिकल सुपरिटेन्डन डाक्टर राजभण्डारीले भन्नुभयो एउटैं व्यक्ति लगातार ४ घण्टासम्म मेसिनरी समानसंग काम गर्नुपर्ने हुन्छ, मानव स्रोत जुटाउँन प्रयाश गरिरहेका छौं ।’

अस्पतालले अन्य दुई जना कर्मचारीलाई पनि छिट्टै तालिमको लागि पठाउँने तयारी गरिरहेको उहाँको भनाई छ ।

‘यो सार्वजनिक सरोकारको विषय हो हामिले अस्पतालमा थप मेसिन भित्राउँने, अन्य स्रोत र साधन जुटाउँने प्रयाश गरिरहेका छौं, राजभण्डारीले भन्नुभयो, नागरिक समाज, संघ संस्थाबाट सहयोग प्राप्त भए सजिलो हुने थियो ।’

‘डायलासिस गरिसकेपछि विरामीलाई निकै भोक लाग्छ, अधिकाशं विरामीहरु न्यून आर्थिक अवस्था भएका छन् राजभण्डारीले भन्नुभयो कुनै संघ संस्था, होटल वा रेष्टुरेन्टले सामान्य खाजाको व्यवस्था गरिदिएर सहकार्य गरिदिए हुन्थ्यो ।’

डायलिसिस सेवा पोखरा काठमाडौमा निशुल्क भएपनि सेवा लिनकै लागि लाखौ खर्च गर्नुपर्ने समस्या हट्यो भनेर खुसी भएका विरामीहरु पालो आफुलाई आवश्यकता परेको समयमा सेवा लिन नपाउँदा निरास भएका छन् ।

मृगौलाले काम नगरेका विरामीले मृगौला प्रत्यारोपण नगर्दा सम्म हप्तामा तीन पटक सम्म डायलिसिस गर्नुपर्ने हुन्छ मिर्गौलाको रोगबाट पीडित बागलुङ नगरपालिका–४ कुँडुलेका खोप बहादुर सापकोटाले प्रयाप्त मेसिन दक्ष प्राविधिक नभएको कारणले अञ्चल अस्पतालबाट सहज सेवा लिन असहज भएको बताउँनुभयो ।

एउटा विरामीले हप्तामा तिन पटक डायलासिस सेवा लिनुपर्छ सापकोटाले भन्नुभयो विरामीको चाप, मेसिनको कमि र जनशत्तिको कमीले गर्दा अञ्चल अस्पतालले सहज सेवा दिन सकेको छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles