30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

श्रीमानको कुटाईले श्रीमतीको मृत्यु

बाँके , आश्विन १०, २०७५ ।

बाँकेका एक महिलाको श्रीमानको कुटाईबाट मृत्यु भएको छ ।

गनापुरकी २४ वर्षीया जानकी गिरीलाई श्रीमान प्रेम गिरीले कुट्दा मृत्यु भएको हो ।

तीन दिनअघि घरमा झगडा हुँदा प्रेमले श्रीमतीलाई कुटोले हानेका थिए ।

श्रीमानले कुटेपछि गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि नर्सिङहोम, नेपालगञ्जमा ल्याइएको थियो ।

जानकीको बुधबार बिहान उपचारको क्रममा मृत्यु भयो ।

मदिरा सेवन गरेका श्रीमानसँग झगडा हुँदा कुटोले हानेको माइती पक्षले बताएका छन् ।

माइती पक्षले प्रेमका विरुद्धमा प्रहरीमा जाहेरी दिएका छन् । श्रीमान फरार रहेका छन् ।

उनी भारततिर भागिसकेको आफन्तीहरुले बताए ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी अरुण पौडेलले श्रीमतीको कर्तब्य गर्ने श्रीमानको खोजी भइरहेको बताए ।

‘हामीले उसको खोजी गरिरहेका छौं, एसपी पौडेलले भने ।

मदिराले घरेलु हिंसा बढाएको छ ।

जिप्रकाको महिलासेलमा दैनिक आउने श्रीमान–श्रीमतीका झगडाको तथ्यांकले पनि यस्तो देखाउँछ । घरेलु हिंसा अन्ततः अपराधमा परिणत हुने गरेको छ ।

विगतमा कचनापुर र कोहलपुरमा श्रीमतीले श्रीमान र श्रीमानले श्रीमतीको हत्या गरेका घटना पनि मदिरासँग जोडिएर आएको थियो ।

हालै हिरमिनियामा श्रीमानले श्रीमतीको कर्तब्य गरेको भने ‘परपुरुष’संगको शंका थियो ।

यद्यपि, कचकच, झगडा, कुटपिट हुँदै जघन्य अपराधसम्म पुग्नुमा मदिरा जोडिएर आउने गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles