27.5 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु

बुटवल , आश्विन १०, २०७५ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शँकरनगर चोकमा ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ ।

लु १ ख ७३४९ नम्वरको ट्रकले बा ७५ प ४९२७ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार बुटवल कालिकानगर ११ बस्ने २० बर्षीय अनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक पाल्पा तानसेन २ का २४ बर्षीय पुकार शाही घाईते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आईरहेको ट्रकले पूर्ववाट पश्चिम तर्फ सडक पार गर्दै गरेको मोटरसाईकललाई ठक्कर दिंदा घाइते भएकी श्रेष्ठको लुम्विनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते शाहीको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles