27.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

चिकित्सकको नाटकिय अपहरणले प्रहरीलाई रातभर हैरानी

सिराहा , आश्विन १०, २०७५ ।

हिजो रातभर अपहरणमा परेका भनिएका एक चिकित्सकका कारण प्रहरीले हैरानी खेप्नु परेको छ ।

लहानबाट चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएको थियो। तर, उनको सर्लाहीको नवलपुरबाट उद्दार भैसकेको प्रहरीले जनाएको छ ।

अज्ञात समुहले गाडीमा हालेर अपहरण गरेको भनि यादवको श्रीमतीले प्रहरीसमक्ष बताए पनि यादव म २ प ८२८६ नम्बरको मोटरसाइकलमा भेटिएपछि उनले नाटक मन्चन गरेको खुलेको थियो ।

श्रीमतीसँगको झगडाका कारण यादवले अपहरणको नाटक गरेको खुलेको छ ।

यादवले अपहरणमा परेको भनेर मोटरसाइकलमा आफुखुसी गएको प्रहरी अनुसन्धानका क्रममा खुलेको सिराहाका एसपी जीवन श्रेष्ठले बताए।

प्रहरीले अपहरणको नाटक गर्ने यादव र उनका सहयोगी प्रेम बमलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles