33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

एसिड आक्रमणमा परेकी सम्झनाको उपचारका क्रममा मृत्यु

काठमाडौं, ८ असोज।

एसिड आक्रमणबाट गम्भीर घाइते भएकी रौतहट चन्द्रनिगाहपुर–६ की १८ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। एसिड आक्रमणबाट गम्भीर घाइते भएकी दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आइतबार राती मृत्यु भएको हो ।

मध्यरातमा सुतिरहेको अवस्थामा दुई दिदी-बहिनी सम्झना दास र सुस्मिता दास एसिड आक्रमणमा परेका थिए । एसिड आक्रमणबाट गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

सम्झना दास

बहिनी सुस्मिता दासको अवस्था सामान्य थियो भने सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग एसिडले गहिरो चोट पुर्‍याएको थियो । सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles