23 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

प्रदेश ७ मा पसल–पसलमा दोव्वर बढि मुल्यमा ईन्धन विक्री, नियमनकारी निकाय मुखदर्शक

धनगढी, असोज ०७।

प्रदेश नम्बर ७ मा तिन दिन ढुवानी नहुदा पेट्रोलियम पदार्थको कालोबजारी ह्वातै बढेको छ । ढुवानी बन्द भएपछि पेट्रोल पम्पहरुमा ईन्धन नपाएपछि धनगढी लगायतका प्रदेशका विभिन्न क्षेत्रमा पेट्रोलीय पदार्थको कालोबजारी मौलाएको हो । नियमनकारीको उदासीनताका कारण एक सय १२ रुपैया ५० पैसामा पाईने पेट्रोलको दुई सय ५० समेत लिने गरिएको छ ।

नयाँ ऐनका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरु त्यसको संशोधनको माग राख्दै आन्दोलित भएका थिए । बन्द हड्ताल बाहेक एकदुई दिन सार्वजनिक विदा परेपनि प्रदेशका पेट्रोल पम्पहरुमा ईन्धन नपाउने समस्या हुने गरेको छ र सो समयमा पेट्रोलीयम पदार्थको कालोबजारी बढ्ने गरेको छ ।

असोज २ देखि आन्दोलित चालकहरुलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले ईन्धन ढुवानी ठप्प पारेपछि अहिले सम्म पनि ईन्धनको कालोबजारी जारी रहेको हो । पेट्रोल पम्पहरुले शनिवार ईन्धन विक्री गरेपनि धनगढी लगायतका स्थानमा महङगो मुल्यमा ठेला व्यवसायीदेखि किराना पसलेहरुले पनि ईन्धन विक्रीलाई जारी राखेका हुन् । प्रदेश नम्व्र ७ मा एक दिन समेत पेट्रोलियम पदार्थ ढुवानी रोकीए ईन्धनको अभाव हुने समस्या रहेको छ । सोही बेला उपभोक्ताहरु महंगोमा पेट्रोल खरीद गर्न बाध्य भएका हुन । धनगढीका पदम कठायतले भने, ‘धनगढीका धेरै पसलमा पेट्रोल पाईन्छ, एक लिटरको दुई सय ५० समेत लिने गरेका छन । प्रहरी के गर्दै छ । त्यो पेट्रोलमा मिसावट हुन्छ ।ʼ

बन्द, हडताल, चक्काजाम लगायतका कारणले प्रदेश नम्बर ७ मा बेला बखत ढुवानी रोकिदा पेट्रोलिय पदार्थको अभाव हुदै आएको छ । पेट्रोल अभावको मौका छोपेर कालोबजारीयाहरुले मिसावट सहितको पेट्रोल बिक्रि गर्दै आएका छन । उनिहरुले भारतीय सिमावर्ती बजारबाट समेत कम गुणस्तरको पेट्रोल ल्यायर धनगढी सहित कैलाली–कञ्चनपुरका विभिन्न क्षेत्रमा बिक्रि गर्दै आएका छन । उनिहरुले खुलेआम पेट्रोल बिक्रि गरेपनि नियमकारी निकाय मौन छ ।

किराना पसल देखी होटलहरुमा समेत पेट्रोल बिक्री भैरहेको हुन्छ नियमनकारी निकाय भने मुख दर्शक हुन्छ । धनगढी क्षेत्रमा भारतबाट पेट्रोल ल्यायर बिक्रि गर्ने गरेका छन, धनगढी पुरानो भन्सार रोडका खेमराज कापडीले भने अनुगमना गरेको मैले देखेको छैन ।

पसल–पसलमा दोव्वर बढि मुल्यमा ईन्धन विक्री

प्रदेश भरी पेट्रालियम पदार्थ आपूर्तीको जिम्मा पाएको नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीले ट्याङकरको अभाव र कम भण्डारण क्षमता हुदा बेला –बेला इन्धन अभाव हुने गरेको बताउने गरेको छ । पेट्रोलको दुई दिन र डिजेलको तिन दिन मात्र आयात नहुदा प्रदेशमा ईन्धनको हाहाकार हुन्छ र कालोबजारी ह्वातै बढेको हुन्छ । पेट्रोल पम्पहरुको मिलेमहतोमा ग्रामिण क्षेत्रमा भने सधै जसो कम गुणस्तरको मिसावट सहितको पेट्रोलीयम पदार्थ बिक्रि बितरण हुदै आएको छ । तर अनुगमन समितीका अध्यक्ष समेत रहनुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्टले प्रत्येक पम्पहरुमा पेट्रोल पाउन थालेको बताए ।

नेपाल आयल निगम धनगढी डिपोसँग अहिले १५ लाख ९० हजार लिटर डिजल, ७० हजार लिटर पेट्रोल र २८ हजार लिटर मट्टीतेल राख्न सकिने क्षमताका ट्याङ्की रहेका छन् । प्रदेश नम्बर ७ मा दैनिक ३ लाख लिटर डिजेल र ७०–८० हजार लिटर सम्ममा पेट्रोल खपत हुदै आएको छ । चाडपर्वका बेला हल्लाखल्ला गर्दै अनुगमन गर्ने निकायहरु अहिले मौन बस्दा कालोबजारी बढ्दै गएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles