31.5 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

धनगढीका मेयरको अभियान : जति भोट तेती बोट

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले निर्वाचनमा प्राप्त गरेको मत संख्याबराबर बिरुवा रोप्ने घोषणा गरेका छन् । घोषणासँगै उनले शुक्रबारदेखि ‘भोटबराबर बोट’ अभियान पनि सुरु गरेका छन् ।

अभियानअन्तर्गत निर्वाचनमा पाएको १४ हजार ३ सय २४ मतजतिकै संख्यामा उपमहानगर क्षेत्रभित्र वृक्षरोपण गर्ने मेयर वडले बताए । धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली सामुदायिक वनमा शुक्रबार वृक्षरोपण गरेर उनले अभियानको सुरुवात गरेका छन् । धनगढीलाई हरियाली सहर बनाउने उद्देश्यले भोटबराबर बोट अभियान सुरु गरिएको उनले बताए । ‘निर्वाचन प्रचार अभियानका क्रममा धनगढीलाई हरियाली सहर बनाउने प्रतिबद्धता गरेको थिएँ, पूरा गर्न अभियान सुरु गरेको हुँ,’ नगर प्रमुख वडले भने, ‘१४ हजार ३ सय २४ वटा बिरुवा रोप्ने लक्ष्य राखेको छु ।’

सार्वजनिक स्थानमा वृक्षरोपण
नगर क्षेत्रका सामुदायिक वन, मठ–मन्दिर, विद्यालय परिसर तथा सार्वजनिक ठाउँमा वृक्षरोपण गरिने मेयर वडले बताए । बिरुवा जिल्ला वन कार्यालयले उपलब्ध गराउने तथा वृक्षरोपणका लागि सामुदायिक वन एवं नगरवासीसँग समन्वय गर्ने वडले बताए । धनगढी उपमहानगरपालिकाभित्र २ धार्मिकस्थलसहित ५९ सामुदायिक वन रहेका छन् ।

नगर क्षेत्रभित्र साँघुरा सडक भएकाले स्तरोन्नति नहुन्जेलसम्म सडकछेउछाउमा भने तत्काल वृक्षरोपण नगरिने वडले बताए । नगरलाई हरियाली बनाउने निर्वाचनअघिको प्रतिबद्धताअनुरूप एक घर दुई रूखको नीति ल्याउन लागिएको उनले बताए ।् ‘एक बनाउँदा दुईवटा रूख नरोपे नक्सा पास नहुने नीतिगत व्यवस्था गर्न लागेका छौँ,’ वडले भने, ‘नगरवासीको सहयोग भए हरियाली नगर बनाउन सम्भव छ ।’ स्थानीय तहको निर्वाचनमा धनगढीमा मेयर, उपमेयरसहित १२ वडामा कांग्रेसले जित हासिल गरेको थियो ।

src nayapatrika

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles