30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

बलात्कार घटनाका आरोपित दुई गिरफ्तार

भक्तपुर, भाद्र ३०, २०७५ ।

१६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका ३ बागेश्वरी घर भई हाल सुर्यविनायक– २ बालकोट रागिनी हाईट बस्ने रञ्जित परियारलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको भनी पीडितका आफन्तले सोही दिन महानगगरीय प्रहरी

वृत्त ठिमीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आाधारमा आरोपितलाई परियारलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखेरले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी १० वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले सप्तरी बेलिपेचना गाउपालिका २ घर भइ हाल चागुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाईट बस्ने ६३ वर्षीय सुरेश कुमार पोखेरले लाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुरुपयोग गरेको भनी पीडितका आफन्तले सोही दिन महानगगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आाधारमा आरोपितलाई गिरफ्तार गरी अनुसनधान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles