39.4 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

धम्की दिने मुद्दामा पक्राउ परेका श्रेष्ठ विरुद्ध अपहरण मुद्दामा अनुसन्धान शुरु

काठमाडौं , भाद्र २९, २०७५ ।

डर धम्की दिने मुद्दामा पक्राउ परेका पुष्पराज श्रेष्ठ विरुद्ध अपहरण मुद्दामा अनुसन्धान शुरु गरिएको छ ।

गत २६ गते मंगलबार काठमडौंको रातोपुलबाट पक्राउ परेका श्रेष्ठमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

ओखलढुंगा स्थायी घर भई धुम्बाराही बस्ने निर्माण व्यवसायी रामबहादुर कटुवाललाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका श्रेष्ठ २०७३ पौषमा भएको निर्माण व्यवसायी रमेश कुमार कुँवरको अपहरण मुद्दामा फरार रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

श्रेष्ठसहितको समुहले काठमाडौंको चक्रपथस्थित इन्द्रेणी फास्टफुड अगाडी बोलाएर सिन्धुलीका कुँवरलाई अपहरण गरेर ५० हजार नगद, सुनको औंठी, हिरा जडित औठी, मोबाईल, प्राईम बैंकको चेक लगायतका सामाग्री लुटेर , कुल बहादुर थापाको नाममा ११ लाखको चेक काट्न लगाएको प्रहरीले जनाएको छ ।

गौशाला पुगेपछि अपहरणकारीको पञ्जाबाट भाग्न सफल भएका कुँवर प्रकरणमा संलग्न भोजपुर जिल्ला छिनामखु गा।वि।स। वडा नं। २ का नबिन कुमार राई, दाङ जिल्ला सैघा गा।वि।स। वडा नं।

६ का कोमानन्द खड्का, दाङ जिल्ला बंगलाचुली गाँउपालिका ३ की सरु के।सी। भन्ने आषिका परियार, रामेछाप जिल्ला गौश्वरा गा।वि।स। वडा नं।

४ का कुबिन थापा भन्ने कोल बहादुर थापामगर, नुवाकोट जिल्ला गेर्खु ३ का सुक्रराज तामाङ पहिले नै पक्राउ परेका थिए तर श्रेष्ठ भने फरार रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles