36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बाढीपहिरोका कारण ४ को मृत्यु, ३ बेपत्ता, १२ घाइते

लमजुङ , भाद्र २८, २०७५ ।

लमजुङमा अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्युहुनेको संख्या चार पुगेको छ ।

३ जना हराइरहेका छन् भने १२ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

लमजुङको हिमाली जिल्ला मनाङसँग सीमा जोडिएको मस्र्याङ्दी गाउँपालिकामा बाढी पहिरोले बढी नोक्सान गरेको छ ।

मृतक सबै मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मस्र्याङ्दी गाउँपालिका– ३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा हराएकी एक वृद्धा बिहीबार बिहान मृत अवस्थामा फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो ।

पहिरोमा परी बेपत्ता भएकी अर्खलेबसीकी ७० वर्षीया ललितमाया गुुरुङको शव फेला परेको जिल्ला प्रहरी काार्यलयका प्रमुख प्रनाउ यादव ढकालले बताउनु भयो ।

उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिका– ४ श्रीचौरकी ४७ वर्षीय विष्णुकुमारी गुरुङको पनि मृत्यु भएको छ ।

उनी घरसँगै रहेको गोठमा रहेका बाख्रालाई पहिरोबाट बचाउन लाग्दा पहिरोमा पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनको गोठमा रहेका ७ वटा बाख्रालाई पनि पहिरोले पुरेको छ ।

अन्य मृतकमा मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिक– ३ खुदी स्थित पल्लोटारीकी ६५ वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरिषाको पनि निधन भएको बुधबार नै पुष्टि भएको हो ।

अतिरुपा र शिरिषा पहिरो छल्न भाग्दै गर्दा पहिरोले पुरिएका थिए ।

बाढी पहिरोका कारणले घाइते भएका १२ जनालाई विहीबार विहान नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी जिल्ला सदरमुकाम

बेसीशहर ल्याएको थियो ।

तीमध्ये एकजनाको अवस्था जटिल भएका कारण चितवन स्थित पुरानो किएफमा रिफर गरिएको प्रनाउँ ढकालले बताउनु भयो ।

उहाँका अनुसार ३ जनाको स्थानीय जिल्ला अस्पतालमा उपचार भैरहेको छ र बाँकी प्रार्थमिक उपचार पछि घरमा फर्किएका छन् ।

ललितकलालाई तोप्रोखोलामा आएको बाढीले बगाएको हो ।

उनी विष्णुकुमारीको बाख्रा चराउन जाँदा पहिरोमा परेकी हुन् ।

उनका ४० बाख्रामध्ये १३ वटा मरेको अवस्थामा फेला परेको छ भने २७ वटा फेला पर्न नसकेको बताइएको छ ।

मस्र्याङ्दी नदीमा परी बुधवार बगेका दुईजना अझै बेपत्ता छन् । बेसीशहर नगरपालिका– १० चितिको रामचोक बेसीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्र्याङ्दीको भेलले बगाएको हो ।

चौधरी र थारु दुवै बर्दिया जिल्लाको ठाकुरद्वार नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

मस्र्याङ्दी गाउँपालिका– ४ नासकुचेका ५५ वर्षीया राजु लामा स्थानीय तोप्रो खोलामा आएको बाढीमा बेपत्ता भएका छन् ।

बाढीले १ ट्याक्टर, ३ वटा मोटरसाइकल, एउटा मिनीट्रक र एउटा जीप बगाएको छ । बाढी पहिरोले मस्र्याङ्दी गाउँपालिका ३, ४, ५ र ६ का क्षेत्रमा बढी क्षति पुराएको छ ।

उनीहरुलाई उद्धार गर्न गएका प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, पूर्व सांसद जमीन्द्रमान घले, गृहमन्त्रालयको विपद् महाशाखाकी सहसचिव इन्दु घिमिरेसहितको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेका थिए ।

पहिरोमा फसेका सर्वसाधारण र पर्यटकको उद्धारका लागि गएका उनीहरु हेलिकप्टर अवतरण गर्ने स्थान अभाव भएपछि फर्किएका हुन् ।

हेलिकप्टरबाट पनि उद्धार गर्न नसकिएपछि उदीपुरस्थीत श्रीजङ गणबाट सेनाको टोली उद्धारका लागि पैदलमार्ग हुँदै त्यसतर्फ गएको प्रजिअ झंकनाथ ढकालले बताउनु भयोए ।

बेसीसहर– चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरोका कारण सडक खोलिने र रुख ढल्ने भएका कारण बेसीशहरदेखिनै यातायात चल्ने नसकेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो ।

उहाँका अनुसार गन्तव्यतर्फ गएका सवारी साधनहरु सुरक्षित स्थानमा पार्किङ गरी चालकहरू फर्कीएका छन् ।

सडक खुलाउने प्रयास त भएको छ तर तत्कालै सम्भव देखिदैन प्रनाउ ढकाल बताउनुु हुन्छ ।

उता, मस्र्याङ्दी गाउँपालिका– ६ को बाहुनडाँडामा ४ वटा घर पहिरोले बगाएको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।

उहाँका अनुसार ससाना खहरे खोलामा बाढी आएको, ठाउँ ठाउँमा पहिरो चलेका कारण स्थानीय आवातजावत गर्न सक्ने अवस्था छैन ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles