दुई दिदीबहिनीले गरे ६१ वर्षे बृद्धको हत्या

द्वारा : सुदुर न्युज
0

रामेछाप , भाद्र २८, २०७५ ।

दुई दिदीबहिनीले गरे ६१ वर्षे बृद्धको हत्या गरेका छन् । हत्या हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका ७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठको हत्या गरेको भन्दै ती दुवै दिदीबहिनी १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले प्रहरी समक्ष आत्मासमर्पण गरेका छन् ।

बृद्धको बानिब्यहोरा ठीक नभएको भन्दै बृद्धकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको ती दुई दिदीबहिनीले प्रहरीलाई बयान दिएका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy