33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

दर खाएर नाच्दा नाच्दै मृत्यु

हेटौंडा , भाद्र २७, २०७५ ।

तीजको दर खाएर रमाइलो गर्दै नाचिरहेको अबस्थामा एक्कासी लडेपछि हेटौंडा–११ मा करिब ५२ वर्षीय रामहरि शिवाकोटीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार हरितालिका तीजको अवसरमा ‘दर’ खाएर नाच्दै गर्दा उनको ज्यान गएको हो । दर खाएर रमाइलो गर्दै नाचिरहेका उनी लडेपछि अचेत भएको र केही बेरमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

छिमेकी अष्ठमाया श्रेष्ठको घरको आँगनमा भएको तीज विशेष कार्यक्रममा अचानक घटना भएको हो ।

शिवाकोटी युनिलिभर नेपाल बसामाडीमा कार्यरत् रहेको बुझिएको छ ।

उनको शवलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमपछि आफन्तले लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles