सरकारी कार्यालयको छाप किर्ते मुद्दामा फरार पक्राउ

द्वारा : सुदुर न्युज
0

ताप्लेजुङ, भाद्र २७, २०७५ ।

सरकारी कार्यालयको छाप किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी यहाँ ल्याइएको छ ।

फुङ्लिङ नगरपालिका घर भई हाल ललितपुर धापाखेलमा डेरा गरी बसोबास गर्दै आएका रवीन सेनेहाङलाई प्रहरीले पक्राउ

गरी ताप्लेजुङ ल्याएको हो ।

गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा परेको मुद्दाका आधारमा सेनेहाङलाई पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

यही भदौ २० गते पक्राउ परेका ४७ वर्षीय सेनेहाङलाई ललितपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो ।

जिल्ला अदालतबाट म्याद थप गरी सेनेहाङमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy