29.4 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

सप्तरीमा प्रहरी भ्यानमाथि बम आक्रमण

राजविराज : तराईमा उदाएको नयाँ सशस्त्र समूहले सप्तरीमा प्रहरी भ्यानलाई लक्षित गरी गएराति बम विष्फोट गराएको छ । गत साउन ४ गते अस्तित्वमा आएको प्रगतिशील तराई मुक्ति मोर्चाले इलाका प्रहरी कार्यालय कडरबोनाको भ्यानमा राति साढे नौ बजे बम विष्फोट गराएको जनाएको छ । सो समूहका संयोजक सिजनका अनुसार बम विष्फोटले भ्यान क्षतिग्रस्त भएको छ ।

इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर–पश्चिमतर्फ रहेको श्रीपुर गाउँमा गस्ती गएको बेला भएको बम विष्फोटले बा.१ झ ७३९२ नम्बरको प्रहरी भ्यानको अगाडीको भाग क्षतिग्रस्त भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनु भयो । प्रहरी उपरिक्षक सिंहका अनुसार भ्यानमा रहेका प्रहरीहरु सकुशल रहेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles