25.7 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

‘साल्मोनेला’ ले गरायो फुड पोईजन एकै पटक ४९ डिस्चार्ज

काभ्रे , भाद्र २६, २०७५ ।

शुक्रबार ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारी पाँचखाल नगरपालिका १२ ले आयोजना गरेको तीज कार्यक्रममा भोज खाएका अधिकांश ब्यक्तिहरु विरामी भएर अस्पताल भर्ना हुनु पर्ने कारण फोहोर पानीको प्रयोग देखिएको छ ।

बनेपामा रहेको शिर मेमोरियल अस्पतालका प्रमुख चिकित्सक डा. एन्जला बस्नेतले विरामीहरुको दिशा जाँच गर्दा पानी मार्फत हुने किटाणु ‘साल्मोनेला’ फेला परेको बताईन् ।

‘हाम्रो अस्पतालमा शनिबार देखि हिजो मंगलबारसम्ममा ९७ जना विरामी भर्ना भएका छन्’–बस्नेतले भनिन–‘हिजोसम्ममा ६२ जना डिस्चार्ज हुनु भएको छ ।’

सबै विरामीहरुको दिशा, पिसाव, खकार जाँच गर्दा पानीका कारण हुने दिशामा पाईने किटाणु साल्मोनेला फेला परेको छ ।

मंगलबार पनि एक पटक उपचार गरेर फर्केका पाँच विरामीहरु भर्ना भएको अस्पताल प्रशासनका प्रमुख सुन्दर थापाले बताए ।

अन्यत्र उपचार गरी घर गएका विरामीहरु पुनः भर्ना हुने क्रम जारी रहेको थापाले बताए ।

स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले संकलन गरेको नमुना सामाग्रीहरुको परिक्षण भईरहेको डा. समिर अधिकारीले बताए ।

मंगलबार साँझसम्ममा उक्त घटनाको कारण सहितका रिपोर्ट सार्वजनिक हुने अधिकारीले बताए । पाँचखालमा भोज खाएका झण्डै ७ सय मध्ये अधिकांश विरामी परेका थिए ।

विरामीहरुलाई जिल्लाका विभिन्न अस्पतालमा उपचार गराईएको थियो ।

अझै अस्पतालमा १ सय भन्दा धेरै विरामीहरु उपचार गराईरहेका छन् ।

सहकारीले नमोबुद्ध ३ साविक मेथिन्कोट, पाँचखाल नगरपालिका ७,८,९,१०,११, १२ र १३ वडाका होक्से, खरेलथोक, बालुवा, कोशिदेखा लगायतका क्षेत्रमा सेवा प्रदान गरिरहेको छ ।

अस्पतालले विपदमा उपलब्ध गराएको स्वास्थ्य सेवाले प्रभावित भएको सांसद गोमा भुर्तेलले बताईन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथी भुर्तेल नै थिईन् । प्रमुख अतिथी भुर्तेल सहित संस्थाका अध्यक्ष भैरव सेढाई पनि विरामी भएर धुलिखेल अस्पतालमा उपचार गराईरहेका छन् ।

अस्पतालले विरामीहरुलाई पानीमा भएको संक्रमणका कारण फुड पोईजन भएकाले सफा पारेर हात धोएर मात्र खाना खान सल्लाह दिएको छ ।

‘हात राम्रो सँग धुनुस्, पानी उमालेर मात्रै खानुस, साग सब्जी पखालेर मात्रै खाने, गेडागुडी केहि समय नखान, सलाद धेरै खान, खाना बार्न, माछा मासु नखान भनेका छौ’–अस्पतालका डा. एन्जला बस्नेतले भनिन्–‘तीजको अवसरमा शरिरलाई नै असर पर्ने गरी ब्रत पनि नबस्नुस् ।’

विरामी पवित्रा भुर्तेलले सकारात्मक सन्देश दिन आयोजना गरिएको कार्यक्रममा भएको विपदलाई गलत अर्थमा नबुझ्न र दरकै बदनाम नगर्न आग्रह गरिन् ।

‘हामी दर खाएर होईन, फोहोर पानीको प्रयोगले विरामी भएका हौं’–उनले भनिन् ।

उक्त दिन भोज पकाउँदा इनारको फोहोर पानी प्रयोग गरिएको थियो ।

सहभागिहरुले फोहोर पानी पिउँदा किटाणु पेटमा गई फुड पोईजन गराएको डाक्टरहरुले बताएका छन् ।

एकै पटक ४९ जना विरामीहरु डिस्चार्ज भएपछि पाँचखाल नगरपालिकाले विद्यालयको बस उपलब्ध गराई विरामीहरुलाई घर घर पु¥याएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles