26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

भारतीय ट्रकले लियो आमाको ज्यान , श्रीमान र छोरी घाईते

विराटनगर, भाद्र २६, २०७५ ।

विराटनगर वसपार्क नजिकै आज भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

विराटनगरबाट जोगवनीतर्फ गईरहेको को ५ प ३२०० नम्बरको मोेटरसाइकलमा पछाडि सवार रंगेली नगरपालिकाकी ३० बर्षीया आंशु अग्रवालको भारतीय ट्रकको ठक्करबाट मृत्यू भएको हो ।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार अन्य दुई जना घाईते भएका छन ।

घाईते हुनेमा मृतक महिलाका श्रीमान मनोज अग्रवाल र ६ वर्षीया छोरी अनिशा अग्रवाल रहेको मोरङ प्रहरीले जनाएको छ ।

घाईते मनोजको विराट नसिङ होममा र बालिकाको सप्तकोशी नसिङ होममा उपचार भईरहेको जनाइएको छ ।

मोटरसाइकललाई ठक्कर दिने एच.आर ५५ एल १४१९ नम्बरको भारतीय मालबहाक ट्रकका चालक भारत अलीगढका ३० वर्षीय कमल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles