29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

आफ्नै आमाले डोरीमा झुण्ड्याईन छोरालाई

मोरङ , भाद्र २५, २०७५ ।

मोरङ बुढीगंगा गाउ“पालिकामा आमाले दुई छोरालाई डोरीको पासो लगाएर झुण्ड्याउदा“ दुईजनाको मृत्यु भएको छ ।

गाउ“पालिका २ अमाहीस्थित २९ वर्षिया कविता यादवले १० वर्षिय निशान यादव र ५ वर्षिय अमन यादवलाई घरको बलेसीमा डोरीको पासो लगाएकी थिइन् ।

यसक्रममा आमा कविता र ५ वर्षिय अमनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

यद्यपी १० वर्षिय निशानको डोरी भने बा“धेको ठाउ“बाट टुटेपछि घाइते अवस्थामा रहेको एसपी केसीले बताए ।

घटनाका क्रममा घरको माथिल्लो तल्लामा कविताले आफूसहित दुई छोरालाई पासो लगाएकी थिइन्।

विहान करिब साढे १० बजे भएको घटनामा कविता र अमनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

पति अमरलाल यादवको दुई वर्षअघि मृत्यु भएपछि केहीसमय अघिदेखि कविता भारतको फारविसन्जका रामदेव झासंग बस्दै आएकी थिइन ।

झा हाल विराटनगरमा काम गर्दै आएको स्थानीयले जनाएका छन ्।

एसपी केसीले झा सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिएपछि घटनाका बारेमा थप कुरा बाहिर आउने प्रहरीको बुझाइ छ । घाइते निशानको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles