36.3 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

सिन्धुपाल्चोकको एक विद्यालयमा चार शिक्षकः पाँच विद्यार्थी

मेलम्ची, भाद्र २४, २०७५  ।

मेलम्ची नगरपालिका – ११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।

यस विद्यालयमा जम्मा पाँच विद्यार्थी मात्र नियमित आउँछन् । चार शिक्षक भए पनि नियमित हुँदैनन् ।

गोरखा भूकम्पले विद्यालय भवन भत्काएपछि अहिलेसम्म पनि राम्रोसँग पठनपाठन हुन नसकेको स्थानीयले बताएका छन् ।

स्थानीय प्रेमबहादुर तामाङको दुई कोठे घर भाडामा लिएर अस्थायीरुपमा पढाइ सञ्चालन गर्न लागे पनि विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र शिक्षकको बेवास्ताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।

शिक्षक तथा विद्यार्थी विद्यालयमा आए नआएको दैनिक हाजिरी अभिलेख पनि छैन ।

प्रधानाध्यापक कमला जोशी विद्यालय व्यवस्थापन समितिको बेवास्ताका कारण विद्यालय यो अवस्थामा पुगेको बताउनुहुन्छ ।

स्रोत व्यक्ति भीम कार्की मेलम्ची नगरभित्र अरु सात विद्यालयको अवस्था पनि यस्तै रहेकोले कसरी अगाडि बढ्ने सोच्नुपर्ने बताउनुहुन्छ ।

व्यवस्थापन समितिका अध्यक्ष दिनेश घलेले आफूहरु विद्यार्थी सङ्ख्या बढाउन लागिरहेको तथा बैठक बसेर यसबारेमा निर्णय लिइने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइबाट भवन निर्माण गर्न बजेट आएपनि अहिलेसम्म भवन निर्माणको अत्तोपत्तो छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles