32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

हिरासतैबाटै प्रकाण्डले भने- ‘राजनीतिक मुद्दालाई अपराधीकरण गरियो’

दाङ, भाद्र २४, २०७५ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई दाङ हिरासतमा राखिएको छ ।

भोजपुर अदालतले रिहा गरेपछि उहाँलाई शुक्रवार दाङ ल्याइएको हो ।

दाङको तुलसीपुरमा गत निर्वाचनको बेलामा म्यादी प्रहरी हत्याको अभियोगमा मुद्दा चलाउन उहाँलाई दाङ ल्याएको प्रहरी स्रोतले जनाएको छ ।

शुक्रवार साँझ साढे ५ बजे जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको र शनिवार अदालत विदा भएकाले आइतवार मात्रै अदालतमा पेश गरिने दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ लक्षित गरी तुलसीपुरमा फालिएको बम बिष्फोटन हुँदा गत बर्ष एक जना म्यादीको ज्यान गएको सो पार्टीकै दस्ताबेजमा भेटिएपछि यसमा अनुसन्धान थालिएको प्रहरीको दाबी छ ।

बम बिस्फोटमा परी म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरी (तुलसीपुर–१२, उरहरी) को मृत्यु भएको थियो।

बिप्लव नेतृत्वको नेकपाले ६–८ साउनमा अर्घाखाँचीमा भूमिगत रुपमा सम्पन्न गरेको केन्द्रीय समिति बैठकको माइन्यूट फेला परेपछि सुरक्षा क्षेत्र तरंगित बनेको छ ।

दस्तावेजमा सशस्त्र संघर्षको तयारी गरिरहेको सूचना पाएपछि थप सतर्कता अपनाउन थालिएको प्रहरीको दाबी छ ।

यसैबीच प्रवक्ता प्रकाण्डले आफूमाथि घोर अन्याय भएको बताउनुभएको छ ।

मानव अधिकार सञ्जाल दाङले गरेको भेटघाटमा उहाँले राज्यले राजनीतिक विषयलाई अपराधिकरण गरेर आफुलाई अनावश्यक दुःख दिएको बताउनुभयो ।

राजनीतिक मुद्दालाई अपराधीकरण गरेर देशमा शान्ति स्थापना नहुने पनि उहाँले बताउनुभयो ।

त्यस्तै मानवअधिकार सञ्जालले सबैखालका समस्याहरुको समाधान वार्ताबाट नै हुने अपरिहार्य सत्यलाई दृष्टिगत गर्दै समस्याको समाधान वार्ताबाट गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

सञ्जालका संयोजक केशवकुमार शर्माको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले भेटपछि विज्ञप्ति जारी गरी प्रहरीले मानवधिकारका दृष्टिले प्रकाण्डप्रति सन्तोषजनक व्यवहार गरेको पाइएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा अदालतको आदेशपछि पनि उहाँको गिरफ्तारीको श्रंखला नरोकिएको सन्दर्भमा नागरिकप्रति प्रत्याभुत गर्नुपर्ने न्युनतम मानवअधिकारको सम्मान गर्न राज्यसंग हार्दिक अपिल गर्दछौं –भनिएको छ ।

नेकपाद्धारा तत्काल रिहाइको माग

यसैवीच नेपाल कम्युनिष्ट पार्टी दाङले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको तत्काल रिहाइको माग गरेको छ ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर प्रकाण्डलाई झुटठा मुद्दा लगाएर हिरासतमा राख्ने काम गरेको भन्दै स–सम्मान रिहाइको माग गरेको हो ।

पार्टीका जिल्ला सेक्रेटरी विक्रमले शनिवार विज्ञप्ति जारी गरी प्रकाण्डको रिहाइका लागि आ आफनो क्षेत्रबाट आवाज उठाइदिन नागरिक समाज, मानवअधिकारवादी, पत्रकार, बुद्धिजीवी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई अपिल गर्नुभएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles