23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

बसको ठक्करबाट बालिकाको मृत्यु

पर्सा , भाद्र २३, २०७५ ।

पर्साको धोबनी गाउँपालिकामा आज यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

पर्साको ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको ना७ख ७७१९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गाउँपालिका–२ निवासी रामेश साहकी छोरी प्रिती साहको मृत्यु भएको हो ।

घर अगाडिको सडक पार गर्ने क्रममा बसले प्रितीलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

उहाँले बालिकालाई ठेक्कर दिने बस र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

पचास लाख मूल्य बराबरको खैरो हिरोइनसहित दुई पक्राउ

भारतबाट भित्र्याइएको रु ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो हिरोइनसहित पर्साको सखुवाप्रसानी गाउँपालिका–२ निवासी जयरामकुमार राम र बालेश्वर दास थारुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलबाट खरीद गरिएको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन नेपाल भित्र्याएको सूचनाको आधारमा कारवाही गर्दा राम र थारुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

उहाँले लागुऔषध नियन्त्रण ब्यूरोले दिएको सूचनाको आधारमा बसपार्कस्थित होटलमा छापामारी चेकजाँच गर्दा नौ वटा प्याकेटमा रहेको उक्त परिमाणको खैरो हिरोइन बरामद भएपछि आवश्यक अनुसन्धानका लागि रामलाई नियन्त्रणमा लिएको र उनले दिएको सूचनाको आधारमा थारुलाई वीरगञ्जबाटै पक्राउ गरिएको बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles