28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं , भाद्र २२, २०७५ ।

चितवन, रुकुम पश्चिम र सिरहामा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

ती दुर्घटना मध्ये चितवन राप्ती नगरपालिका–३ झुरझुरेस्थित महेन्द्र राजमार्गमा ना।२ख ८५३९ नम्बरको ट्याङकरले ग।५प ८२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा
मृत्यु भएको हो ।

मृतकहरु बारा जितपुर उपमहानगरपालिका–१६ बस्ने ३८ वर्षीय प्रेमबहादुर मोक्तान र मकवानपुर छतिवन–४ बस्ने ३४ वर्षीय जितबहादुर स्याङतान रहेको खुल्न आएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुकुम पश्चिम मुसिकोट नगरपालिका–४ पाना खोलास्थित भित्री सडकमा लु ।२ त ८७६० नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएकोमा सोही नगरपालिका–१ बस्ने २८ वर्षीया धनमाया देबकोटाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने १४ वर्षीया मुना देवकोटालाई थप उपचारको लागि नेपालगंज पठाइएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

यस्तै सिरहा कर्जन्हा नगरपालिका–३ स्थित बिश्वकर्मा मन्दिर नजिक अन टेष्ट लेखेको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय हनुमानी महतोलाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले मंगलम अस्पताल मिर्चैया हुँदै नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको

क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles