26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बैतडीमा दुईजना निरीक्षक निष्कासित

बैतडी : माध्यमिक शिक्षा (एसइइ) पूरक परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ।

परीक्षा अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएकाले दशरथचन्द मावि सुन्दखाली केन्द्रबाट निरीक्षक धर्मानन्द जोशी र जगदम्बा मावि रानीबुंगा केन्द्रबाट निरीक्षक प्रेमराम महरलाई निष्कासन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए। उनले भने ‘परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकाले दुईजना निरीक्षकलाई निष्कासन गरेका छौं ।’

शनिवार अनिवार्य गणित बिषयको परीक्षा भएको थियो। परीक्षा अनुगमनका क्रममा मर्यादित तरिकाले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई समेत निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

यही साउन १९ गतेबाट सञ्चालन भइरहेको एसइइ पूरक परीक्षामा जिल्लामा २ हजार ३३९ परीक्षार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिइरहेका छन्। माध्यमिक शिक्षा परीक्षामा सी ग्रेडभन्दा कम ग्रेड ल्याएका विद्यार्थीको ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गरिएको हो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles