36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

गुल्मीमा बाघको आक्रमणबाट घाइते महिलालाई काठमाडौं पठाइयो

गुल्मी, भाद्र २१, २०७५ ।

गुल्मीमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३१ वर्षिय ताराकुमारी पोखरेललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहिवार बिहान खोरबाट बाख्रा निकाल्ने क्रममा उनलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

राति बाख्रालाई आक्रमण गर्न खोर भित्र छिरेको बाघ बिहान बाख्रा निकाल्ने क्रममासँगै बाहिर आउदा पोखरेललाई आक्रमण गरेको प्रहरीको भनाई छ ।

बाघको आक्रमणबाट पोखरेलका एउटा बाख्रो मरेको थियो । घाइते पोखरेलको टाउको,नाक र घाटिमा गम्भीर चोट लागेको छ ।

उनको जिल्ला अस्पताल गुल्मीमा उपचार पछी थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।

बाघको आक्रमण पछी त्यसको चोट बिषालु हुने भएकाले थप उपचारको लागि काठमाडौंमा पठाइएको बस्नेतको भनाई छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles