40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

ट्राफिक प्रहरी सरसफाईमा उत्रियाे

काभ्रे , भाद्र २१, २०७५ ।

ट्राफिक अनुशासनका लागि सिठी फुक्दै दौडने जिल्ला प्रहरी कार्यालयको टोली विहिबार विहानै हातमा साबेल र डोको लिएर अरनिको राजमार्गको बनेपा चारदोबाटोमा निस्कियो ।

प्रहरी निरिक्षक निशेष चापागाई, सई राजेश दाहाल लगायतको टोली राजमार्गमा रहेको फोहोर संकलन गरिरहेको थियो ।

ट्राफिक प्रहरीले नागरिकहरुलाई अथार्त सवारी साधन धनीहरुलाई दुख मात्रै दिन्छ भन्ने सोच बोकिरहेका आम नागरिकहरुलाई फरक सन्देश दिदै प्रहरीहरुले पनि सरसफाई अभियान संचालन गरी नगरको सुन्दरतालाई कायम राख्न सक्छन भन्ने सन्देश दिएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाह, बनेपा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष बर्ण शाक्य, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोक तथा स्थानीय संघ संस्था र उद्यमी ब्यवसायीहरुले समेत ट्राफिक प्रहरी कार्यालयको अभियानमा साथ दिए ।

तत्कालिन समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गोविन्द कार्कीले अरनिको राजमार्गको बनेपा चोक देखि नालादोबाटो चोकसम्म डिभाईडर राखेका थिए ।

उक्त डिभाईडरका कारण शहरी क्षेत्रमा ओभरटेक बन्द भएको छ भने दुर्घटना न्युनिकरणको प्रयास गरिएको छ ।

बटुवाहरुको बाटो काटन्े स्थान निश्चित गरिएको छ ।

डिभाईडरकै कारण थु्रपिएको राजमार्गको फोहोर हटाउन बनेपा नगरपालिकाले ट्रयाक्टर उपलब्ध गराएको थियो ।

अभियानमा विभिन्न क्षेत्रका ब्यक्तिहरुको साथ सहयोग भएको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख निशेष चापागाईले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles