24.5 C
Mahendranagar
Wednesday, April 17, 2024
spot_img

म्याग्दीमा ३५ सयबढी अपाङ्गता परिचयपत्र वितरण

म्याग्दी , भाद्र २१, २०७५ ।

भौगोलिक हिसाबले विकट म्याग्दी जिल्लामा हालसम्म ३५ सयबढी अपाङ्गता परिचयपत्र वितरण भएको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ को असार मसान्तसम्म म्याग्दीमा विभिन्न प्रकृतिका कुल ३ हजार ५१२ वटा अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

साविकको महिला तथा बालबालिका कार्यालय म्याग्दीका अनुसार अपाङ्गता परिचयपत्र लिनेहरुमा पुरुष १ हजार ९ सय ६५ र महिला १ हजार ४ सय ५१ जना रहेका छन् ।

अपाङ्गता परिचयपत्र पाउनेहरुमध्ये ‘क’ वर्गमा पूर्णरुपमा अशक्त २३९, ‘ख’ वर्गका अति अशक्त १ हजार २४४, ‘ग’ वर्गमा मध्यमस्तरका ९५८, ‘घ’ वर्गमा सामान्य ९७५ र वर्ग नछुट्याइएका ९६ जना रहेको महिला तथा बालबालिका कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी गएको आर्थिक वर्षमा ज्येष्ठनागरिक परिचयपत्र लिनेहरुमा कुल ७३४ जना रहेका छन् ।

यीमध्ये पुरुष ३९७ र महिला ३३७ जना रहेको महिला विकास कार्यालयका सहायक महिला विकास निरीक्षक विन्दु शर्माले जानकारी दिएकी छिन् ।

उनका अनुसार कार्यालयमार्फत शारिरीक अपाङ्गता, पूर्ण र न्युन दृष्टिविहिनता, सुस्तश्रवण, बौद्धिक अपाङ्गता, बहु अपाङ्गता र हेमोफिलिया भएका महिला तथा पुरुषलाई जिल्ला बालकल्याण समितिको सिफारिसमा अपाङ्गता परिचयपत्र वितरण गर्ने गरिएको छ ।

गतभन्दा अघिल्लो आर्थिक वर्ष २०७३÷७४ सम्म कुल ३ हजार २४६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएकोमा गतवर्ष मात्रै ३०२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

गतवर्ष जिल्लाको विभिन्न स्थानमा सञ्चालित एकीकृत घुम्ती शिविरको अवसरमा अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको थियो ।

पछिल्लो समय म्याग्दी जिल्लामा अपाङ्गताको सङ्ख्या बढ्दै गएको माथिको तथ्याङ्कले देखाएको छ ।

यसैगरी गतवर्ष नै महिला विकास कार्यालयबाट लैङ्गिक हिंसा राहत कोषमार्फत हिंसामा परेका विभिन्न ५ जना महिलाहरुलाई २७ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको कार्यालयका सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीले जानकारी दिएकी छिन् ।

यसैबीच विभिन्न समस्यामा परेका महिलाहरु ईश्वरी श्रेष्ठ, सीता सापकोटा र जुना दर्जीलाई बेनी नगरपालिकाको सहयोग, जिल्ला प्रशासन कार्यालय र महिला विकास कार्यालयको पहलमा कोशिस संस्थामार्फत उद्दार गरी उनीहरुको उपचार गरी पुनसर््थापना गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles