24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल र डिजेलको मूल्य एक/एक रुपैयाँले वृद्धि भएको निगमले जनाएको छ ।

यस्तै खाना पकाउने ग्याँसको मूल्यमा पनि वृद्धि भएको छ । ग्याँस प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १२ पुगेको छ भने डिजेलको ९६ रुपैयाँमा पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बढेको मूल्य बुधबार राति १२ बजेबाट लागू हुनेछ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles