36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

प्रदेश राजधानीमा सवारी ब्यवस्थापन गरिँदै

हेटौंडा , भाद्र १९, २०७५ ।

हेटौंडा उपमहानगरपालिकाले सवारीसाधनलाई ब्यवस्थित गर्ने कामअनुसार हेटौंडाका सबै सुमोलाई चौकीटोलको रोपवे चौरबाट सञ्चालन गरेको छ ।

हेटौंडा बजार क्षेत्रमा बढ्दै गएको सवारी चाप कम गर्न र यात्रुलाई सहजरुपमा यात्रा गर्न हेटौंडा–१, चौकीटोलमा रहेको रोपवे चौरमा साझा सुमो काउन्टर सञ्चालनमा ल्याइएको हो ।

साझा सुमो सेवा घरको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो ।

यहाँदेखि सुमोहरु सञ्चालन हुने भएपछि मेयर महतले यात्रु भरिएका सुमो पनि रिबन काटेर काठमाडौं पठाउनुभएको छ ।

प्रदेश राजधानी हेटौंडामा सवारी धेरै भएपछि ब्यवस्थितढंगले सञ्चालनका लागि एकै स्थानबाट यात्रुले गन्तब्यमा जान सक्ने गरी सञ्चालनमा ल्याइएको मेयर महतले बताउनुभयो ।

हेटौंडालाई सुन्दर र ब्यवस्थित शहर बनाउने अभियानसाथ रोपवे चौरमा नमूना बसपार्क बनाइने उहाँले बताउनुभयो ।

धेरै सवारीका कारण अस्तब्यस्त शहरलाई क्रमशः ब्यवस्थापन गर्दै लैजाने अभियानअनुसार काम गरिरहेको बताउँदै मेयर महतले भन्नुभयो–हेटौंडा बजारमा जताततै सवारी पार्किङ गर्ने ब्यवस्थालाई तोडेर मेनरोड, राप्तिरोड, स्कुलरोड, कान्तिलोकपथलाई ‘नो पार्किङ’ बनाउन सफल भयौं ।

त्यसैगरी सुमोलाई पनि एकै स्थानबाट बजार क्षेत्रबाट हटाएर चौकीटोलमा ब्यवस्थापन गरेका छौं ।

अझै सवारी ब्यवस्थापनमा धेरै काम गर्ने हाम्रो सोच छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले साझा सुमो काउन्टर सञ्चालनमा आएसँगै यात्रुहरु ठगिने, समस्यामा पर्ने र कुर्नुपर्ने बाध्यताबाट अब छुट्कारा पाइने बताउनुभयो ।

उपमहानगरले गरेको निर्णय कार्यान्वयनका लागि प्रशासन लाग्ने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

अबका दिनमा यात्रु तानातान गर्ने प्रवृत्ति अन्त्य भएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक वुद्धिराज गुरुङले सवारी पार्किङ ब्यवस्थापनका लागि एक भएर लागिएको बताउनुभयो ।

अब सुमोमा ठग्ने बिचौलियालाई कारबाही गरिने उहाँले बताउनुभयो ।

तोकिएको स्थान भन्दा फरक स्थानबाट सुमो सञ्चालन गरिए नियन्त्रणमा लिएर कारबाही गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा जिप समन्वय समितिका संयोजक गुञ्जमान सिंहले सबै सुमोलाई एकै स्थानबाट सञ्चालमा ल्याएर उपमहानगरले राम्रो काम गरेको बताउनुभयो ।

हेटौंडा–१ अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमहानगर उपमेयर मीना लामा, हेटौंडा–११ अध्यक्ष गोकर्ण पराजुली, हेटौंडा–२ अध्यक्ष हरि राउतलगायतको सहभागिता थियो ।

 

अब अटो/मयुरी ब्यवस्थापन
हेटौंडाले एकपछि अर्को सवारीसाधनलाई थप ब्यवस्थित गरेको छ । अब केही दिनमा हेटौंडामा अटो÷मयुरीहरुलाई थप ब्यवस्थापन गर्न लागिएको छ । अटोका कारण बजार क्षेत्र अस्तव्यस्त भएपछि मुख्य बजार क्षेत्रमा अटो÷मयुरीलाई प्रवेश नदिने तयारी थालिएको उपमहानगर मेयर महतले बताउनुभयो ।

अटो÷मयुरीलाई हेटौंडा सीमा चोकदेखि पिपलबोटसम्म, राप्तिरोडमा यति ड्रग हाउससम्म विशेषगरी बुद्धचोकमा आउन नदिने गरी तयारी थालिएको मेयर महतले बतानुभयो ।
अटो÷मयुरी धेरै भएकाले यसको ब्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । सबै अटो÷मयुरी तोकिएको कागजपत्रसहित उपमहानगरपालिकामा स्टिकर लिन आह्वान भएसँगै व्यवस्थापन गर्न लागिएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles