25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

चोरीको रकमसहित एक जना पक्राउ

झापा , भाद्र १९, २०७५ ।

मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर रु ११ लाख ९३ हजार चोरी गरेका थिए ।

क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका थिए । श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

उपचार केन्द्रको माग

कचनकवल गाउँपालिकामा विद्यार्थीले सर्पदंश उपचार केन्द्रको माग गरेका छन् ।

सर्पदंशका कारण वर्षेनी धेरैले ज्यान गुमाउन थालेको भन्दै उनीहरूले उपचार केन्द्रको माग गरेका हुन् ।

सोमबार यहाँका ६ विद्यालयका करीब सात सय विद्यार्थीले उपचार केन्द्रको माग गर्दै गाउँपालिकाका अध्यक्ष अञ्जार

आलमलाई ज्ञापनपत्र बुझाएका छन् । सर्पदंशबाट दुई महिनायता तीन बालबालिकाले ज्यान गुमाएका छन् ।

गाउँपालिकाका अध्यक्ष आलमले उपचार केन्द्रका लागि रु २० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । “चाँडै सर्पदंश उपचार केन्द्र स्थापना हुन्छ,” उहाँले भन्नुभयो ।

जिल्लामा चारआली, सुरुङ्गा र दमकमा मात्र सर्पदंश उपचार केन्द्र छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles