40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

मोरङ: डुबेर दुई बालकको मृत्यु

मोरङ, भदौ १८ ।

मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार डुबेर दुई बालकको मृत्यु भएको छ । एउटाको खोलामा बगेर मृत्यु भएको हो भने एउटाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका छ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो भने बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा बेलुका खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

त्यस्तै कानेपोखरी गाउँपालिका–३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर विशाल राईको दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको प्रहरीले जनाएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles