पासाङल्हामु राजमार्ग सञ्चालनमा

द्वारा : सुदुर न्युज
0

रसुवा, भाद्र १८, २०७५ ।

धुञ्चेको त्रिशूली नदी नजीक यही भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन भएको छ ।

बीच बाटामा रोकिएका सयौँ मालवाहक कन्टेनर र ट्रक तथा पर्यटकीय गाडीहरु आफ्नो गन्तव्यतर्फ गएका छन् ।

अब गल्छी–रसुवागढी राजमार्गअन्गतर्ग टिमुरे, घट्टेखोला नजीकसम्म निर्बाध रुपले सवारी साधन सञ्चालन गर्न सकिने भएको छ ।

रसुवागढी नजीक भीरमा सडक खुलाउने कार्य भने चलिरहेको छ ।

मङ्गलबार साँझसम्म सो सडक खुलाइने प्रजिअ कृष्ण पौडेलले बताउनुभयो ।

0

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy