पहिरोले घर पुरिँदा तीन बालकको मृत्यु

द्वारा : सुदुर न्युज
0

सल्यान, भदौ १८ गते ।

जिल्लाको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी तीन बालबालिकाको शव  निकालिएको छ ।

। स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उनका २ छोरी १ छोरा पुरिएका हुन ।

पहिरोमा पुरिनेहरुमा उनकी १० बर्षिया छोरी ललिता डाँगी,७ बर्षीया छोरा ललित वली र बर्ष चारकी छोरी मेनका डाँगी सव पहिरोवाट निकालिएको सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक विरेन्द्र वहादुर शाहले जानकारी दिनुभयो ।

पहिरोमा परेर बालाराम डाँगी र उनकी श्रीमती समेत घाईते भएको बताइएको छ ।

बालबालिकाले खाना खाँदै गरेको समयमा आएको पहिरोले ३ बालबालिकाहरु र बस्तुभाउलाई पुरेको १२ वडाका वडा अध्यक्ष दिपक वलीले जानकारी दिनुभयो ।

हिजो राती १२:४० मा उद्दारका लागि इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको भएपनि रातभर पानी परेकोले बिहान बाट मात्र उद्धार सुरु गरिएको र अहिले मात्र सव निकालिएको प्रहरीको भनाई छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy