39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बोक्सीको आरोपमा बुहारीद्वारा सासुको हत्या

दाङ ।

दाङमा बुहारीले बोक्सीको आरोपमा सासुको हत्या गरेकी छन् ।

तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी सासु खोपी रावतलाई साइली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी टंकी रावतले हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या भएको झण्डै दश दिनपछि शव फेला परेको बुहारीलाई पक्राउ गरी बयान लिंदा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र ५ गते फर्कने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भनेपछि सासु बाँच्दासम्म आफूले दुःख पाउने देखेर हत्या गरेको टंकीले बयानमा भनेकी छन् ।

हत्यापछि भागेर कपिलवस्तु कृष्णनगर पुगेकी टंकीलाइ प्रहरीले शनिवार विहान पक्राउ गरेको हो ।

झारफुक गर्न जाने भन्दै घरबाट निस्केका सासु बुहारी ९ दिन सम्म घरमा नफर्किएपछि खोपीकी छोरीले १२ भदौमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् ।

उजुरीको आधारमा खोज्दै जाँदा शुक्रवार खोपीको लाश फेला परेको र शनिवार भागेर कृष्णनगर पुगेकी टंकी पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गर्न प्रहरीले एक टोली पठाएको थियो । प्रहरीले स्थानीयको सहयोगमा टंकीलाइ पक्राउ गरेको डिएसपी

aसापकोटाले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles