28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बाघको आक्रमणबाट मृत्यु, परिवारलाई १० लाख राहत

हेटौंडा, भाद्र १४, २०७५ ।

बाघको आक्रमणबाट मृत्यु भएकी मकवानपुर मनहरी गाउँपालिका–७ की सरस्वती बर्ताैलाको परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ प्रदान गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जले मनहरी–७ स्थित मध्यवर्ती उपभोक्ता समिति मनहरीको सभाहलमा मंगलबार मृतकका पति उत्तम बर्ताैलालाई १० लाख रुपियाँको चेक हस्तान्तरण गरेको हो ।

गत चैत १२ गते विहान मनहरी ड्यामछेउ घाँस काट्न गएको बेला पाटेबाघको आक्रमणमा परी ४१ वर्षीया सरस्वतीको घटनास्थलमा ज्यान गएको थियो ।

उनलाई आक्रमण गर्ने बाघलाई भोलिपल्ट साँझ नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगिएकोमा हाल चिडियाखानामा पठाइएको बताइएको छ ।

निकुञ्जले बाघको आक्रमणबाट घाइते भएका मनहरी–७ का लालबहादुर अर्याललाई ६२ हजार र मनहरी–५, डिल्लीपुरका रेशम भुजेललाई १८ हजार रुपियाँको चेक हस्तान्तरण गरेको छ ।

भुजेल गोहीको आक्रमणमा परी घाइते भएका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मानिस र जनावरबीच द्वन्द्वलाई घटाएर लैजान सरकारी निकायले समुदायसँग साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले द्वन्द्वले कुनै न कुनै पक्षलाई क्षति पुग्ने बताउँदै दुवैतर्फ कम क्षति हुने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले संरक्षणको काममा स्थानीय सरकार, समुदाय र सरोकारवाला एक भएर लाग्नुपर्ने बताउनुभयो ।

बन्यजन्तुका कारण मान्छेको मृत्यु हुनु दुःखद् रहेको भन्दै उप्रेतीले जनावरकै कारण मान्छेको अस्तित्व पनि रहेको बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles