30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

जीविकोपार्जनका लागि ५५ हजार सहयोग

लमजुङ, भाद्र १४, २०७५ ।

लमजुङमा भिन्न क्षमता भएका एक व्यक्तिको जीविको पार्जनका लागि ५२ हजार नगद सहयोग गरिएको छ । रागिनास– ५ तीनपिप्ले निवासी दीपक नेपालीलाई त्यस्तो सहयोग गरिएको हो ।

एक समारोहका विच राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उनलाई स्थानीय सर्वोदय सेवाश्रममार्फत संकलित २० हजार रुपैयाँ र बास्कोटाले आफ्नोतर्फबाट २ हजार रुपैयाँ थप गरी २२ हजार रुपैया प्रदान गरे ।

यसैगरी उनको जीविकोपार्जनका लागि रागिनास नगरपाकिलाले ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

उनी अब्बल दर्जाका विद्यार्थी थिए । २०६१ सालको एसएलसी परीक्षामा ६१ प्रतिशत ल्याएर पहिलो श्रेणीमा पास भएका उनी कम्प्यूटर इञ्जिनियर बन्न चाहन्थे ।

तर घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले त्यो पढ्न नपाएको दिपककी आमा बट््टै सार्कीले बताउनु भयो ।

उहाँका अनुसार त्यसैविचमा उनलाई मुटुको रोग निस्क्यो ।

गंगालाल हृदय रोग केन्द्र बासबारी काठमाडौँमा शल्यक्रिया गरिए पनि असफल भयो ।

त्यसैका कारण उनको बोली समेत गुम्यो र शारीरिक रूपमा पनि अशक्त बने ।

तर पनि उहाँ आफै पौरख गरी बाच्न चाहने हुँदा उहाँका लागि स्टेशनरी पसल सञ्चालन गर्नका लागि विऊ पूँजी कम्तिमा २ लाख रुपैयाँ संकलन गर्ने अभियानको थालनी गरेको सर्वोदय सेवाश्रममा अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो ।

दिपकले आफ्नो उपचारकै क्रममा आफ्ना कमाई गरी ल्याउने बाबुलाई समेत गुमाउनु प¥यो । बाबाको मृत्यु पछि दिपको साथमा झुपडी घर, आमा र साना २ भाइहरू छन् ।

एकजना भाइ पोखरातिर मजदुरी गर्दछन् भने कान्छो भाइ स्थानीय शिशुविद्याश्रम माविको कक्षा– ९ मा अध्ययरत रहेको दिपकले बताउनु भयो ।

उहाँले बोल्न नसके पछि कसैले सोधेका कुरा हात कमाउँदै लेखेर वा इशाराले जवाफ दिने गरेका छन् ।

यो प्रतिनिधिसँगको भेटमा दिपकले आफू सकैको बोझ बन्न नचाहने र केही सहयोग पाएको खण्डमा आफैले स्टेशनरी पसल सञ्चालन गरी जीविकोपार्जन गर्ने योजनामा रहेको बताउनु भयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles