हात्तीको आक्रमणले माहुतेको ज्यान गयो

द्वारा : सुदुर न्युज
0
चितवन, भाद्र १४, २०७५  । 
चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ ।
यही भदौं ५ गते मात्रै माहुतेका लागि करारमा नियुक्ती लिएका सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनीका २७ वर्षीय मुखरीलाल सरदारको मृत्यु भएको हो ।
मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसंगै गएका सरदारलाई आज (विहीबार) विहान हात्तीले सुढले हानेर मारेको चितवन प्रहरीले जानकारी दिएको छ ।
उनीसंगै गएका अर्का एक जना कर्मचारी रुखमा चढेर ज्यान जोगाएका थिए ।
0

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy