28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

सवारी दुर्घटनामा ३ को मृत्यु

काठमाडौं, भाद्र १४, २०७५ ।

सिन्धुली र धनकुटामा भएको छुटाछुटै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

दुर्घटनामा सिन्धुलीमा २ जना र धनकुटामा १ जनाको मृत्यु भएको हो ।

सिन्धुली कमलामाई नगरपालिका(१ चनौटेस्थित सडकमा बा.१ क.३२०५ नम्बरको जेसिबि बुधबार सडकबाट अंदाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा चालक धनुषा मिथिला नगरपालिका लालगढ बस्नेसन्तोष रिजाल, सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने कमल बोगटी र गणेश थापा घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा सन्तोष र कमल बोगटीको बाटोमै मृत्यु भएको हो ।

यसैगरी धनकुटा सागुरीगढी गाउँपालिका–६ स्थित सडकमा को.१ ख.३५८३ नम्बरको बस बुधबार अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार ३५ जना मध्ये १७ जना घाइते भएकोले उपचारको लागि घोपा अस्पताल धरान पठाइएकोमा उपचारको क्रममा सुनसरी बराह नगरपालिका–९ प्रकाशपुर बस्ने राजेन्द्र चन्द्रबंशीको मृत्यु भएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles