29.7 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

४८ वर्षीय पुरुष बलात्कार अभियोगमा पक्राउ

रोल्पा, भाद्र १३, २०७५  ।

बलात्कारका अधिकांश घटनामा युवाहरुको संलग्नता देखिए पनि रोल्पामा भने एक वृद्ध वलात्कारको घटनामा पक्राउ परेका छन ।

रोल्पा माडी गाउँपालिका २ घर्तीगाउँका ४८ वर्षिय बीरवल बुढामगर आफ्नै उमेरकी छिमेकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।

रोल्पाको घर्तीगाउँका एक पुरुषले आफ्नो श्रीमतीलाई छिमेकीले वलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यस्तो रहस्य खुलेको हो ।

पश्चिम रोल्पाको माडी गाउँपालिका २ घर्तीगाउँका ती पुरुषले श्रीमतीलाई आफ्नै छिमेकी ४८ वर्षीय बीरबल बुढामगरले वलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएका हुन ।

निवेदकको माग वमोजिम आरोपित वुढालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडी वढाएको ईलाका प्रहरी कार्यालय घर्तीगाउँले पुष्टी गरेको छ ।

आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पेश गरेको ईलाका प्रहरी कार्यालय घर्तीगाउँले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका आरोपितलाई अदालतको आदेश अनुसार थप अनुसन्धानका लागी १५ दिनको म्याद थपिएको प्रहरी प्रवक्ता सुदर्शन पन्थीले जानकारी दिए ।

आरोपित माथि लागेका अभियोगको वारेमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भईरहेको छ , प्रवक्ता पन्थीले भने ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles