30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

गाउँमा खानेपानी आएपछि स्थानीय खुसी

सल्यान, भाद्र १३, २०७५ ।

वर्षौंदेखि पानीको संकट भोगीरहेको सलयानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीयहरु खुसी भएका छन् ।

लिफ्ट प्रणालीमार्फत गाउमा पानी पुगेपछि पानीको चरम संकटबाट गाउ मुक्त भएको छ ।

गाउमा खानेपानी नहुँदा ३ घन्टा पैदल हिडेर खानेपानी ल्याउने गरेको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणी पुनले बताए ।

“गाउमा खानेपानीको समस्या हँुदा वालवालिका विद्यालय जान पाएनन् सवैको घरमा उनिहरुलाई पानी ओसार्ने काममा लगाउने वाध्यता थियो ।”

पुनले भने । नगरपालिकालाई खुला दिशा मुक्त घोषणा गर्दा शौचालय निर्माण गरिएको भएपनि पानीको अभावका कारण प्रयोग ल्याउन नसकेको पुनको भनाई छ ।

“गाउँमा वर्षौ देखि पानीको अभाव थियो पानीकै लागि भौतारिनु प¥यो अव, राम्रोसंग शौचालय प्रयोग गर्न पाइएन, गाउमा पानी आयो हामी खुसी छौं गाउँमा दुखका दिन गए ।” पुनले भने ।

करिव ४१ लाख रुपैयाको लागतमा सम्पन्न भएको आयोजनाबाट ५८ घरधुरीका लागि १२ वटा धाराहरु निर्माण गरिएको दलित विकास समाज सल्यानका अध्यक्ष निम वहादुर नेपालीले जानकारी दिए ।

उनले भने “सल्यानमा धेरै स्थानहरुमा खानेपानीको अभाव छ तर पनि कौछेमा चरम संकट र विपन्न परिवार धेरै देखिएकोले संस्थाले योजना निर्माणका लागि कौछेलाई छनौट गरेको हो ।” ।

वहुउद्देश्यीय योजना भएकोले योजनाबाट २२ रोपनी जमिनमा सिंचाई पनि सुविधा उपलव्ध हुने अध्यक्ष नेपालीले बताए ।

नगरपालिकको ध्यान नपुगेको ठाउमा संस्थाले विकासलाई गति दिएकोमा वनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख मञ्जु यरीले धन्यवाद दिइन ।

उनले भनिन “स्थानीय सरकारको आँखा सवै ठाउमा पुग्न सकेको छै्रन यस्तो ठाउमा संस्थाले योजना सम्पन्न गरेको छ हामी खुशी छौ ।”

साढे ४ किलोवाट सोलार प्रणाली जडान गरिएको आयोजनाबाट दैनिक १९ हजार १ सय लिटर पानी संकलन हुने गरेको छ ।

खानेपानी प्रयोग पछि वाँकी पानी सिंचाईका लागि प्रयोग गर्नका लागि ७ वटा अफटेक (सिँचाइ धारा) निर्माण गरिएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र तथा पहल परियोजनाको सहयोग तथा दलित विकास समाज सल्यानको आयोजनामा सम्पन्न गरिएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles