28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

नौगाड गाउँपालिकामा एक अर्र्ब भन्दा बढीको क्षती

दार्चुला, भाद्र १२, २०७५ ।

दार्चुलाको नौगाड गाउँपालिकामा यस वर्षको वर्षातमा एक अर्ब बढीको क्षती भएको गाउँपालिकाले जनाएको छ ।

असार २६ र २७ गते तथा भदौ २ र ३ गतेको बाढी पहिरोले नौगाड गाउँपालिकाको एयरकोट, खार, धुलिगडा क्षेत्रमा ब्यापक क्षती पु¥याएको गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीले जानकारी दिए ।

बाढी तथा पहिरोले विभिन्न ग्रामिण सडक, खानेपानी, सिचाई, लघु जलविद्युत, विद्यालय भवन लगायतका भौतिक संरचनाहरुमा क्षती पु¥याएको छ, भने १० वटा ब्याक्तिगत घर बगाउनुका साथै झण्डै एक हजार रोपनी जग्गा समेत बगाएको उनको भनाई छ ।

यस्तै सो क्षेत्रका ५ दर्जन घरहरु अझै बाढी पहिरोको उच्च जोखीममा रहेका छन ।

बाढी पहिरोले सडक, बाटो, पुुल–पुलेसा बगाउदा, विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।

नौगाड खोलामा आएको बाढीले निर्माणको अन्तिम चरणमा पुगेको साढे आठ मेगावाटको अपर नौगाड जलविद्युत अयोजनामा समेत ब्यापक क्षती पु¥याएको छ ।

बाढीकै कारण आयोजनाको निर्माण कार्य लम्बिने निश्चित भएको छ ।

यस्तै भदौ २ र ३ गतेको बाढी पहिरोले एयरकोटमा रहेको ५१ लाख बराबरको खानेपानी योजना बगाउदा सो क्षेत्रका स्थानीय शुद्ध खानेपानी पिउनबाट समेत वञ्चित भएका छन् ।

बाढी पहिरो लगत्तै नौगाड गाउपालिकाले पिडित परिवारलाई चामल, पिठो, त्रिपाल, कम्बल लगाएका राहतका सामग्री वितरण गरेको भए पनि पिडितहरुको दिर्घकालिन व्यवस्थापन हुन नसेकेको उनको भनाई छ ।

‘बाढी पहिरो पिडितहरुका लागी तत्काल राहत सामग्री उपलब्ध गराउनु पहिलो प्राथमिकता थियो, गाउँपालिकाले उपलब्ध गराएको छ, अध्यक्ष धामीले भने’ ।

गाउँपालिको स्रोेत साधनले सम्बोधन हुन सक्ने समस्याको समधानका लागी गाउँपालिका तयार रहेको भन्दै नौगाड खोलामा पक्की तटवन्ध निर्माणका लागी केन्द्रीय निकाय संग पहल गरिने उनको भनाई छ ।

नौगाड गाउँपालिका भरी भएको क्षतीको विवरण केन्द्रीय निकायमा समेत पठाइसकेको अध्यक्ष धामीले जानकारी दिए ।

यस्तै बाढी पहिरोका कारण पुर्ण रुपमा घर क्षती भएका परिवारलाई जिल्ला प्रशासन कार्यलय दार्चुलाले मापदण्ड अनुसारको नगद राहत रकम उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले जानकारी दिए ।

पुर्ण रुपले घर क्षती भएका पिडित परिवारलाई अधिकतम रु १० हजार रुपैया राहत स्वरुप प्रदान गरिएको उनको भनाई छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles