36.6 C
Mahendranagar
Tuesday, April 16, 2024
spot_img

सवारी दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

भद्रपुर, भदौ ११ गते ।

पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई आज बिहान ३ बजे सडकमै पल्टिएको थियो ।

दुर्घटनामा परी जिपमा सवार घाइते भएका पाँचै जनालाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उपचारकै क्रममा कार्कीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles