36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

रौतहटमा डुंगा दुर्घटना : २१ को उद्धार, एककाे शव फेला, ४ जना वेपत्ता

रौतहट, भदौ १०

रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ भने एक जनाकाे शव फेला परेकाे छ। मृत्यु हुनेमा इस्नाथ नगरपालिका अाैरैयाकी ३५ वर्षीया रूना देबी रहेकी छन्। डुंगा दुर्घटनामा परेका ४ जना अझै वेपत्ता छन्। उनीहरूको खेजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएकाे छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार शव घटनस्थल भन्दा करिब ८ किलिमिटर दक्षिण भारतकाे पररिया घाटमा फेला परेकाे छ। नेपालबाट शसस्त्र बेसक्याम्प अरैयाका प्रमुख रामवालक साह नेतृत्वकाे टाेली घटना स्थल तर्फ गएकाे छ। शवकाे पहिचान खुल्न सकेकाे छैन।

उद्धार गरिएका महेन्द्र सहनीका अनुसार डुंगामा २६ यात्रु सवार थिए। हराएका मध्य डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी, ५० वर्षीया सान्ति देबी, इस्नाथ नगरपालिका अाैरैयाकी १० वर्षीया बालिका उषमा कुमारी पटेल रहेका प्रहरीले जनाएको छ।

बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीले खोजिकार्य जारी राखेका छन्। लाल बकैया नदीमा आएको बाढीले अनियन्त्रीत भएर डुंगा निर्माणधिन पुलको दुई नम्बर पिल्लरमा ठोकिदाँ शनिबार साझ दुर्घटनामा परेकाे थियाे।

प्रमुख जिल्ला अधिकारी रिजालले दिएको जानकारी अनुसार डुंगा दुर्घटनामा परेकाहरु २१ जनाको उद्धार गरिएको र अन्यको खोजिकार्य जारी छ।

उद्धार गरिएकाहरु केही घाइते पनि छन्। घाइतेहरुको स्थानीय वैरिया अस्पतालमा उपचार भइरहको उद्धार कार्यमा संलग्न सशस्त्र प्रहरी निरीक्षक रामबालक साहले बताएका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles