40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सुनको अभाव भएसंगै सुनचाँदी पसल बन्द

बुटवल, भाद्र ८, २०७५  ।

सुनको अभाव भएको भन्दै सुनचाँदी व्यसायीले रुपन्देहीमा आज पसल बन्द गरेका छन् ।

विभिन्न पर्व नजिकिन लाग्दा उनीहरुले सुन पर्याप्त आपूर्ति नभएको भन्दै पसल बन्द गरेका हुन् ।

सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक नभएको रुपन्देही सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष एमबी विश्वकर्माले बताउनुभयो ।

उहाँले २०६८ सालमा जारी भएको सुन वितरणको नीति अहिले परिवर्तन नभएकामा चिन्ता व्यक्त गर्नुभयो ।

बैँकले सरल र सहजरुपमा न्यूनतम ५० ग्रामदेखि आवश्यकता अनुसार सुन वितरण गर्ने प्रणाली हुनुपर्ने उहाँको भनाइ छ ।

जिल्लामा झण्डै ४०० सुनचाँदी व्यवसायी छन्, भने दैनिक तीनदेखि पाँच किलो सुन खपत हुन्छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles