23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

विध्यार्थी लगातार बिरामी पर्न थालेपछि पठनपाठनमा समस्या

बाजुरा, भाद्र ८, २०७५ ।

मुगुको खत्याड गाउँपालिका वडा नं आठमा रहेको सर्वोदय माद्यामिक विद्यालयमा गत एक हप्ता यता छात्राहरु फेरी विरामी पर्न थाले विद्यालय प्रशासन चिन्तीत बनेको छ ।

दैनिक १२÷१३ जना स्कुले छात्राहरुमा विद्यालय समयावधिमा रुने, चिच्याउने, कराउने र काप्ने र लड्ने जस्ता लक्षण देखिन थाले पछि विद्यालयको पठन पाठन समेत प्रभावित भएको निमित्त प्रधानाध्यापक धनलाल विश्वकर्माले जानकारी दिनुभएको छ ।

निमित्त प्रधानाध्यापक विश्वकर्माले गत जेठमा पनि यस्तो समस्या देखिएको र अहिले सो समस्या दोहोरीएको बताउनु भएको हो ।

छात्रा विद्यार्थीहरुमा त्यस्तो लक्षण देखिन थाले पछि स्थानियले विभिन्न तरीका अपनाएर उपचार गराए पनि विशेक नभएको विद्यालयका उहाँले बताउनु भएको छ ।

यता बाजुरा जिल्ला अस्पतालका डा.रुपचन्द विश्वकर्माले भने त्यो एक प्रकारको कन्र्भसन डिसअडरको समस्या भएको हुन सक्ने बताउनु भएको छ ।

यस्तो समस्याको कुनै प्रकारको औषधी नभएको बताउनुहुदै डा. विश्वकर्माले विद्यार्थीलाई सान्त्वना दिने, केहि दिनका लागि स्कुलको क्लासहरु बन्द गर्ने र मनोपरामर्श दिने गर्नु पर्ने बताउनु भयो ।

शिक्षकहरुले भने दैनिक यस्तो समस्या भए पछि अध्ययन अध्यापनमा समेत समस्या भै रहेको बताउनु भएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles