24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

सशस्त्र प्रहरीको देशभर रक्तदान

काठमाडौं, भाद्र ८, २०७५ ।

सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रक्तदान कार्यक्रम’मा संचारकर्मी, स्थानीय व्यक्ति, विभिन्न विद्याका राष्ट्रिय खेलाडी, नेपाल पूर्व सशस्त्र प्रहरी संघ, सशस्त्र प्रहरी परिवार महिला संघ तथा सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।

सबै ठाउँमा गरी बिहीबार दिउँसोसम्म करीव ८ सय पिन्ट रक्तदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत वरिष्ठ अधिकृत तथा विल्लादार जवानहरु तथा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत लगायत भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गर्नुभएको छ ।

सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिन सशस्त्र प्रहरी बल नेपालले देशभर रहेका सशस्त्र प्रहरी बलको बाहिनी मुख्यालयहरु तथा प्रधान कार्यालयमा ‘सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम’को आयोजना गर्ने कार्यको यस वर्षबाट थालनी गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो कार्यक्रममा सहभागिता जनाउनुभएका सबैप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले रक्तदान कार्यक्रमलाई सबै एपीएफ इकाईहरुमा निरन्तरता दिइने बताउनुभयो ।

देशमा रगतको कमी भईरहेको भनि समाचारहरु आईरहेको वेला संगठनको तर्फबाट योगदान पु¥याउने अभिप्रायले अभियानकै रुपमा रक्तदान कार्यक्रमलाई अगाडी सारिएको हो ।

संगठनले रक्तदानबारे सशस्त्र प्रहरी कर्मचारीहरुमा चेतना अभिवृद्धि गर्ने उद्देश्य समेत लिएको छ ।

संगठनले रगतको अभावमा जीउ जोखिममा पर्नसक्ने नागरीकलाई रगत प्रदान गर्नेतर्फ ध्यान पु¥याउँदै आगामी दिनहरुमा अशक्त विरामीहरुका लागि नजिकको सशस्त्र प्रहरी बलको व्यारेकका इच्छुक सशस्त्र प्रहरी कर्मचारीबाट रक्तदान गर्ने व्यवस्था समेत मिलाइएको छ ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनतकुमार बस्नेत, किशोरकुमार लामा र दुर्जकुमार राईको समेत उपस्थिती रहेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles