38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

भतिजी बलात्कार गर्न खोज्ने पक्राउ

धादिङ, भाद्र ७, २०७५ ।

आफ्नो भतिजि नाता पर्ने एक १४ वर्षीया बालिकालाई बलातकार गर्न खोज्ने सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरि हिरासतमा लिएको छ ।

बालिकाको आमा बच्चा बिरामी भएर उपचारका लागि गएको र बुबा विदेश गएकोले घरमा एक्लै भएको मौका पारी मंगलबार दिउँसो बलात्कारको प्रयास गरेका थिए ।

बलात्कारको प्रयास गर्दा मारिदिने धम्की दिएपछि पीडितले प्रतिकार गर्ने र आरोपीले बलात्कार गर्न खोज्दा पीडित बालिका घाइते भएपछि गाउँबासीले उद्धार गरि जिल्ला अस्पताल पुर्याएका थिए ।

पीडित बालिकाको जिल्ला अस्पताल र धादिङ सामुदायिक आँखा अस्पतालमा उपचार भयो ।

आरोपीले जबरजस्ती गर्न खोज्दा बालिकाको दुबै आँखामा रगत जमेको छ, घाँटीमा निलडाम हुनेगरि घाउ भएको छ ।

घटनापछि पीडित पक्षको जाहेरीको आधारमा बुधबार जाहेरी दर्ता गरेको छ भने आरोपीलाई प्रहरीले गिरफ्तार गरि हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

आरोपी पीडितको काका पर्ने भएकोले करणी उद्योग र हाडनाता करणी उद्योगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles