37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

करेन्ट लागेर नुवाकाेटमा एक जनाको मृत्यु

नुवाकोट, भाद्र ७, २०७५ ।

नुवाकोटको लिखु गाउँपालिका वडा नं १ को ढिकुरेमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

लिखु गाउपालिका वडा नं १ ढिकुरे स्थित ३३ हजार के.बि. प्रशारण लाईनको पोल कोल्टिँदा तार झोलिएको र करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा लखु गाउँपालिका वडा नं १ की तुलसा अधिकारी रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो ।

घाइते हुनेमा बेलकोटगढि नगरपालिकाकी १७ वािर्षय सदिक्षा पौडेल, लिखु गाउँपालिका वडा नं १ का लालप्रशाद लामिछाने रहेका छन ।

घाइतेहरुको नुवाकोटको विदुरमा रहेको सिटि अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाण्डौको ग्रान्डी अस्पताल लगिएको छ ।

यसैबिच घटनाको दोषीलाई कारवाही र पिडितलाई क्षतिपुर्ति दिनुपर्ने माग गर्दै लिखु गाउँपालिकाका वासीहरुले नुवाकोटको सदरमुकाम विदुरमा यातायात बन्द गरेका छन ।

उनीहरुले प्राधिकरणको लापरवाहीले सिमा नागेको भन्दै तत्काल कारवाहीको माग गर्दै प्रर्दशन गरेका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles