24.7 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

ट्याक्सी चालकले तोकिएको ड्रेस अनिवार्य लगाउनु पर्ने, ड्रेस खोज्न एक महिनाको समय

काठमाडाैँ , भाद्र ६, २०७५ ।

प्रहरीले ट्याक्सी चालकले तोकिएको ड्रेस अनिवार्य लगाउनु पर्ने नियम कार्यान्वयनमा ल्याएको छ ।

साथै ड्रेस खोज्न एक महिनाको समय समेत दिएको छ ।

काठमाडौंमा ट्याक्सी चलाउने चालकहरुले बुधबारदेखि ड्रेस लगाउनुपर्ने नियम सुरू गरेको हो ।

बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरी काठमाडौंमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो ।

महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भए पनि पर्याप्त ड्रेस तत्काल संभव नहुने भएकाले एक महिनाको समय दिएको छ ।

एक महिना भित्र सबै ट्याक्सी ड्राईभरले ड्रेस नलगाए कारबाही हुने वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले बताएका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles